रौतहट ३०,भदौ । अबैध यौन धन्दा गरेको आरोपमा प्रहरीले ५ जनालाई नियन्त्रणमा लिएको छ । रौतहटको चन्द्रपुर ४ मा रहेको तनहुं लाङघाली होटलबाट उनिहरुलाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ । होटलका संचालक कुल बहादुर थापा सहित एकजना ग्राहक र ३ जना यौन ब्यावसायी महिलालाई नियन्त्रणमा लिईएको प्रहरी निरीक्षक अरविन्द कुमार साहले बताएका छन ।
लामो समयदेखि यौन व्यवसाय सञ्चालन गरेर सामाजिक विकृती फैलाएको भन्दै स्थानीयहरुको गुनासो पछी प्रहरीले होटलमा छापा मारेर थापालाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुको म्याद थप गरेर अनुसन्धान थालिएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जानकारी दिएको छ ।


