Tuesday, April 28, 2026

घटस्थापनाको दोस्रो दिन ब्रह्मचारिणी देवीको पूजा आराधना गरि मनाईँदै

पछिल्लाे समाचार


रौतहट , ११ असोज //
हिन्दुहरुको महान पर्व विजया दशमीको आज दोस्रो दिन ब्रह्मचारिणी देवीको पूजा आराधना गरि मनाईँदै छ। देशभरका शक्तिपीठहरुमा आज बिहानैदेखि भक्तजनको घुईंचो लागेको छ। घटस्थापनाको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको आराधना गरिन्छ।

घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा छ।

नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रहृमचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु