सप्तरी , २ असोज //
सप्तरीमा मोटरसाइकल दुर्घटनामा परेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको रुपनि गाउँपालिका ६ तेरहौता बस्ने सुखैर २२ वर्षीय अभय चौधरी रहेका छन्।
शनिबारसाँझ शम्भुनाथ नगरपालिका ३ शम्भुनाथ पेट्रोल पम्प स्थित पुर्व पश्चिम राजमार्गमा पश्चिमबाट पुर्व तर्फ आउँदै गरेको प्र.१- ०१ – ००१ – ह ९६२२ नं.को सिटि रिक्शा र विपरित दिशाबाट आउँदै गरेको अनटेस्ट मोटरसाइकल ठक्कर खको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
सिटी रिक्सा र चालक प्रहरीको नियन्त्रणमा रहेको तथाबअन्य थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।


