रौतहट २८ असोज । सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रको रौतहट ३ नम्बर क्षेत्रका उम्मेदवार धिरज पटेलले आफ्नो उम्मेदवारी कायम र हल्लाको पछि नलाग्न आग्रह गरेका छन ।
उम्मेदवार पटेलले आफ्नो क्षेत्रमा नेकपा एमालेबाट बाहिरिएर स्वतन्त्र उम्मेदवारी दिएका प्रभु साहलाई माओवादीले समर्थन गर्ने कुरामा कुनै सत्यता नरहेको दाबी गरेका छन ।
पटेलले आफू लामो समयदेखि माओवादीमा रहेर काम गरिरहेको र सोही आधारमा पार्टीले उम्मेदवार बनाएको भन्दै आफू नै आधिकारिक उम्मेदवार रहेको दावी गरेका छन ।

उनले केन्द्रीय पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नै पछि हट्नु भने पनि आफ्नो प्रतिस्पर्धी प्रभु साहलाई कुनै हालतमा समर्थन नगर्ने र आफ्नो चुनावी अभियान अघि बढ्ने स्पष्ट पारेका छन । उनले भने ‘बरु मलाई गोली हानेर, हत्या गर्दा पनि म उम्मेदवारी फिर्ता लिने वाला छैन् । र, प्रभु साहलाइ समर्थन गर्ने वाला छैन् ।’
उनले भने ‘जो मान्छे आफ्नो पार्टीको भएन । एमालेको भएन । अनि त्यो प्रभु साहजी जनताको हुन सक्छ र ? कदापि हुन सक्दैन् । अब जनता भ्रममा छैनन्। पटेलले भने, प्रभु साहजी त हरियो घाँस भित्र हरियो सर्प जस्तो बसेर लुक्नु भा’थो । पटेलले भने, उहाँले त क-कसलाई डस्नु भएन । कुनैबेला प्रचण्डलाई डस्नु भो, माधव नेपाललाई पनि डस्नु भो । अहिले आएर केपीजीलाई पनि डस्नु भो । यदि उहाँसित अब हामी सचेत भएनौं भने रौतहटका जनता सचेत भएनन् भने अब जनतालाई नै डस्नेवाला छ ।’
उनले आफ्नो क्षेत्रमा सत्ता गठबन्धन एकढिक्का रहेको उल्लेख गर्दै विभिन्न दलको साहरामा पटकपटक प्रतिनिधि बनिसकेका र भ्रष्टाचारको आरोप लागेका साह लगायतहरू पराजित हुने दाबी गरेका छन ।
उनले भने ‘ अब प्रभु साहजी त हारिसक्नु भ’को छ नि ! उहाँ पराजित भएर पो हाम्रै पार्टीका केही नेताको घर घरमा धाइरहनु भा’छ । षड्यन्त्र गर्दै हुनुहुन्छ । उहाँलाई संसदमा जानु छ, पुग्ने कसरी हो ? कसको दलाली गर्ने ? कसको चाकडी गर्ने ? कुन शक्तिको भरोसामा आडमा सत्तामा जाने भन्ने उहाँको डिजाइन हो । पटेलले भने /
रौतहट ३ नम्बर क्षेत्रका जनता १५/२० वर्षदेखि प्रभु साहको सबै कर्तुत, कुकर्म, क्रियाकलापको बारेमा अनविज्ञ छैनन । विज्ञनै छन् ।’
आफू कुनै पनि हालतमा चुनावी प्रतिस्पर्धाबाट पछि नहट्ने पटेलले बताएका छन ।


