Tuesday, April 28, 2026

एमालेका तीन नेता केन्द्रीय नेता निस्काशीत,जिल्ला कमिटी बिघठन

पछिल्लाे समाचार


फणि महत
रौतहट , २८ असोज //

नेकपा एमालेका स्थायी कमिटि सदस्य तथा मधेश प्रदेशका सहइन्चार्ज प्रभु साह , रौतहट जिल्ला इन्चार्ज उपेन्द्र साह र सह-इन्चार्ज कुन्दन कुस्वाहालाई पार्टीबाट साधारण सदस्य समेत नरहने गरि निष्कासन गरिएको छ।

एमालेका महासचिव शंकर पोखरेलले एक विज्ञप्ति जारि गर्दै उनीहरुलाई साधारण सदस्य समेत नरहने गरि पार्टीबाट निष्कासन गरेका हुन्।

उनीहरु पार्टी विरोधी क्रियाकलापमा संलग्न रहेकोले निजहरुलाई पार्टीको सदस्यता समेतबाट निष्कासन गरिएको महासचिप पोखरेलद्वारा जारि विज्ञप्तिमा उल्लेख गरिएको छ।

यस्तै रौतहट जिल्ला इन्चार्जको जिम्मेवारी पार्टीका सह-इन्चार्ज उद्वव रेग्मीलाई दिइएको छ। महासचिव पोख्रेलले प्राप्त जिम्मेवारी सफलता पुर्वक सम्पादन गर्न आग्रह गरेका छन्।
यस्तै एमालेको रौतहट जिल्ला कमिटी बिघटन भएको छ । एमाले मधेश प्रदेश कमिटीका अध्यक्ष राम अवतार यादवले शुक्रवार रौतहटमा त्रिभुवन साह अध्यक्ष रहेको जिल्ला कमिटी बिघटन गरेका छन।
प्रदेश अध्यक्ष यादवले दिपक राय यादव लाई जानकारी पत्र दिदै जिल्ला कमिटी बिघटन भएको जानकारी दिएका हुन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु