रौतहट १२ माघ ।चन्द्रपुर नगरपालिकाका नगर प्रमुख र उपप्रमुखले बिदाको दिन सरकारी गाडी नचढ्ने बताएका छन ।
उनिहरु बिदाको दिन निजि कामका लागि आफनो घर जादा आउदा निजी मोटरसाइकल प्रयोग गर्दै आएका छन ।
नगरपालिकाको काममा मात्रै गाड़ी प्रयोग र निजी काममा आफनो मोटरसाइकल र स्कुटर प्रयोग गर्दै आएको नगर प्रमुख संजय काफ्लेले जानकारी दिएका छन ।
मेयर काफ्लेले भने ,”काम पर्दा त जुन दिन पनि हिड्नु पर्छ,अनावश्यकरुपमा मा सवैले गाडीमा नदिड्दा हुन्छ ।
चन्द्रपुर नगरपालिकाको नगर प्रमुख र उप प्रमुखको गाडी अत्यावस्यक बाहेक बिदाको दिन तथा कार्यालय समय बाहेक प्रयोग नगर्ने सल्लाह भएको नगर प्रमुख काफ्लेले बताएका छन ।


