Tuesday, April 21, 2026

दुधिअवा क्याम्पसकाे सहयोगार्थ सप्ताह ज्ञान महायज्ञ

पछिल्लाे समाचार

राैतहट २२ पुस । फतुवा बिजयपुर नगरपालिका स्थित दुधिअवा क्याम्पसको सहयोगार्थ धान्याञ्चल सप्ताह ज्ञान महायज्ञ शुरु भएकाे छ ।
भौतिक सुधार तथा गुणस्तरीय शिक्षा का लागि एक समारोहबीच धान्याञ्चल सप्ताह ज्ञान महायज्ञको उदघाटन गरिएको छ ।
सप्ताहको पहिलो दिन आज पंचकन्या सहित १०८ कलशयात्राले नगर परिक्रमा गरिएको हो ।
रौतहट क्षेत्र नं. ३( क )का प्रदेश सांसद केशव राय चौधरीले प्रमुख अतिथिकाे आसनबाट यज्ञ उद्धघाटन गर्दै नगरपालिका कै एकमात्र स्नातक तह पढाई हुने कारणले मात्र नभई मेरो निवार्चन क्षेत्र समेत भएकोले सहयोग गर्ने उनले प्रतिवद्वता व्यक्त गरेका छन ।
प्रदेश सभासदस्य चाैधरीले आफ्नो क्षेत्रमा बिकासका पुर्वाधार तथा शैक्षिक प्रगतिको लागि दुधिअवा क्याम्पसको भौतिक तथा गुणस्तरीय शिक्षाको उन्नयनका लागि हर किसिमले आर्थिक तथा नैतिक समर्थन रहेकोे उनले बताए ।
उदघाटन कार्यक्रममा दुधिअवा क्याम्पस संचालक समितिका अध्यक्ष गणेश मैनाली, क्याम्पस प्रमुख रन्जन खरेल, प्रमुख वाचक पंडित भोजराज मिश्र लगायतकाले कार्यक्रमको सफलताको शुभ कामना दिएका छन ।
कार्यक्रममा क्याम्पस प्रमुख रंजन खरेलले यो सप्ताह ज्ञान महायज्ञ शुरु गर्नुको मूख्य उद्धेश्य महायज्ञ मार्फत धार्मिक कार्यमा संलग्नता जनाउन र संकलित रकमबाट क्याम्पसको भौतिक तथा गुणस्तरिय शिक्षा प्राप्तीको लागि खर्च गरिने जानकारी दिए ।
यही पुस २९ गते सम्म चल्ने सप्ताह ज्ञान महायज्ञमा सम्पुर्ण जिल्लाबासी, नगरबासी, शिक्षाप्रेमी, छिमेकी जिल्ला लगायतका दानबिर महानुभावहरुलाई सप्ताहमा उपस्थित भई धार्मिक अनुष्ठानमा सहभागि भई आर्थिक सहयोग गरि पुन्य कमाउन पनि क्याम्पस संचालक समितिका अध्यक्ष गणेश मैनाली तथा वडा अध्यक्ष मन्जय कुमार चौधरीले संयुक्त अपिल गरेका छन । सो उद्धघाटन कार्यक्रममा स्वागत मन्तब्य निर्मल आकास तथा कार्यक्रमको संचालन अनन्त पौडेलले गर्नुभएको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु