रौतहट, २२ पुस । नेपाल बिधुत प्राधिकरण मौलापुर वितरण केन्द्रबाट खटिएको विद्युत चुहावट नियन्त्रण बिधुत मोटरहरु बरामद गरेको छ ।
विशेष सूचनाको आधारमा गएको टोलिले फतुवा विजयपुर नपाको विभिन्न टोलमा हुकिंग गरेर सिंचाई गरिरहेको अवस्थामा ८ थान पानी तान्ने मोटर नियन्त्रणमा लिएको प्राधिकरण मौलापुर प्रमुख अरुण कुमार साहले बताए ।
मोटर जफत गरी आवश्यक कारवाहीको प्रक्रिया अगाडि बढाइएको र बिद्युत चुहावट नगर्न नेपाल बिधुत प्राधिकरण मौलापुर वितरण केन्द्रले सबैमा अनुरोध गरेको छ ।
केहिदिन अघिपनि मौलापुर वितरण केन्द्रबाट खटिएका कार्यालयको टोलि तथा प्रहरीको सहयोगमा हुकिङ गरी सिँचाइ गरिरहेको अवस्थामा विभिन्न ठाउँबाट १२ थान मोटर जफत गरेको थियो ।


