रौतहट, २२ पुस । नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेलले रौतहट जिल्लाको विभिन्न गरिब तथा अति बिपन्न बस्तिहरुमा न्यानो कपडा वितरण गरेका छन ।
सो पार्टीका जिल्ला अध्यक्ष रन्जित पटेलका अनुसार एउटा घरमा सम्पूर्ण सदस्यलाई पुग्ने गरी १० थान जयकेट, बलाङकेट, सर्ट, कुर्ता सुरुवाल, टोपी, साडी, लगायतका कपडा वितरण छ ।
नेपाल सुशासन पार्टी केन्द्रीय अध्यक्ष रमेश प्रसाद खरेलले रौतहटको गढीमाई नगरपालिकाको मलाही, धनाडी, लक्ष्मिपुर, मदनपुर का एक सय २५ परिवारलाई कपडा वितरण गरेका छन् ।


