रौतहट, ८ माघ । दुर्गा भगवती गाउँपालिकामा जारी अध्यक्ष कप जिल्ला स्तरिय नक आउट टि २० क्रिकेट खेलमा अन्तर्गत आईतवार सम्पन्न भएको खेलमा कटहरिया नगरपालिकाले राजदेवी नगरपालिकालाई ३ विकेटले पराजित गरेका छन् ।
दुर्गा भगवती गापाको सरस्वती मावि पिपरा भलोहियामा जारी रहेको जिल्ला स्तरिय अध्यक्ष कप अन्तर्गत खेलमा राजदेवी नगरपालिकाले टस जितेर पहिला ब्याटिंग गरेर निर्धारित २० ओभरको खेलमा ५ विकेटको क्षतिमा १२४ रनको योगफल तयार पार्न सफल भएको थियो ।
जवाफी ब्याटिंगमा उत्रिएका कटहरियाले २० ओभरमा ७ विकेटको क्षतिमा १२५ रन बनाई विजयी भएको आयोजक समितिका सदस्य वेदानन्द ठाकुरले जानकारी दिए ।


