रौतहट,२२ पुस । चन्द्रपुर नगरपालिकाको दुई वटा सुन पसलमा गएराति चोरी भएको छ ।
चन्द्रनिगाहपुरको मुख्य चोकमा रहेको गढीमाई सुचाँदी पसल र बजारमा रहेको प्रज्वल सुनचाँदी पसलमा चोरी भएको हो ।
गएराती चोरहरुले दुबै सुन पसलको सटर फुटाएर पसलमा रहेको सुन र चाँदीका गंहना चोरेर लगेका हुन ।
सुन चाँदी चोरी को बिषयमा अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी सन्तु प्रसाद जयसवारले जानकारी दिए ।
दुबै सुन पसलबाट करिव १२ लाख बराबरको सुन र चाँदीका गहना चोरी भएको पसल संचालकहरुले बताएका छन ।


