Tuesday, April 21, 2026

बिकासको कामलाइ गुणस्तरीय बनाउन माग गर्दै गौर नपा को मुख्य गेटमा जागरण अभियान

पछिल्लाे समाचार


रौतहट, २२ पुस ।  स्मार्ट सिटी बनाउन आएको करोडौं रकमको सदुपयोग नभएको भन्दै त्यसको खोजबिनको माग गर्दै  दुई दिन देखि गौर नगरपालिका को मुख्य गेटमा समाजिक अभियन्ता रघुनाथ गुप्ताले जागरण अभियान चलाएका छन ।
शहरी विकास मन्त्रालयद्धारा गौर नगरलाई स्मार्ट सिटी बनाउन २ सयकरोड भन्दा बढि रकम आएर सघन सहरी विकास डिभिजन कार्यालय पर्साबाट टेण्डर मार्फत काम भइरहदा पनि नेपाल सरकारले निर्धारण गरेको मापडण्ड अनुसार काम नभएको गुनासो छ ।
  गुणस्तरिय एवं समयमै काम सम्पन्न गराउने  उद्देश्यका साथ समाजिक अभियन्ता गुप्ताको अभियानमा स्थानीयहरुले पनि सघाइरहेका छन् ।
गौरमा नाला, सडक, ढल लगायतका कार्यमा निर्माण कम्पनीको हेलचक्रयाइ भईरहदा गौर नगरपालिका मा सुस्तगतिमा काम भैइरहेको गुनासो छ ।
गत बर्ष पनि अभियान्ता गुप्ताले शहरी विकासको उक्त कार्यका लागि करिव १ महिना सम्म विपी चोकमा जागरण अभियान चलाएका थिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु