Tuesday, April 21, 2026

६ महिनामा ७ हजार बढी मोटरसाइकल चालक कार्वाहीमा परे

पछिल्लाे समाचार


रौतहट २२ पुस । जिल्ला ट्राफिक कार्यालय रौतहटले सवारी नियम उल्घन गर्ने हरु संग राजस्व संकलनलाई तिव्रता दिएको छ ।
आर्थिक बर्ष २०७९-०८० को ६ महिना नपुग्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले एक करोड २२ लाख राजस्व संकलन गरेको छ ।
पुस १८ गते सम्मको तथ्याङक अनुसार रौतहट ट्राफिकले एक करोड २१ लाख ९० हजार राजस्व असुली गरेको जिल्ला ट्राफिक कार्यालय रौतहटकी प्रमुख ट्राफिक प्रहरी निरिक्षक बिमला कठायतले जानकारी दिएकी छिन ।
कागजपत्र तथा लाइसेन्स नबोकी हिडने ७ हजार ३ सय ७४ जना मोटरसाइकल धनीलाइ कार्वाही गर्दा ४६ लाख ४० हजार राजस्व संकलन भएको छ ।
रौटहट ट्राफिकले यस आवमा १५ हजार ८ सय ८४ वटा सवारी साधनलाइ कार्वाही गर्दा एक करोड २१ लाख ९० हजार राजस्व संकलन भएको जिल्ला ट्राफिक कार्यलयले जनाएको छ ।
गएको साउनमा १० लाख १४ हजार ५ सय,भदौमा २० लाख,असोजमा १७ लाख १३ हजार,कार्तिकमा २९ लाख ३२ हजार ५ सय,मंसिरमा २८ लाख ९० हजार ५ सय र पुस १८ गते सम्म १६ लाख ४८ हजार ५ सय राजस्व संकलन भएको छ ।
साउन देखि रौतहटमा सवारी र्दुघटनाबाट २३ जनाले ज्यान गुमाएका छन भने ५ सय ३ जना घाइते भएका छन।
गत आर्थिक बर्षमा रौतहट ट्राफिकले एक करोड ७८ लाख ७० हजार ५ सय राजस्व संकलन गरेको थियो ।
प्रहरी निरिक्षक कठायत रौतहट आएदेदि बिभिन्न बिद्यालयहरुमा ट्राफिक नियम जानकारी कक्षा , छड्के चेकिङ, बिभिन्न चोक चोकमा ट्राफिक सचेतना कार्यक्रम लाई तिब्रता दिएकी छिन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु