चन्द्रपुर,२२ पुस । चन्द्रपुर नगरपालिकाका मेयर संजय काफ्लेको सक्रियतामा चन्द्रनिगाहपुरको मुख्यचोकमा ह्युमपाईप राख्ने काम भैरहेको छ ।
२०२६ सालमा बनेको पुर्व पश्चिम राजमार्गको गैडाटार जाने बाटोबाट आँउने पानी सडक मुनीको ह्युमपाईपमा जाम भएका कारण हरेक बर्षायाममा पानी सडक बाटै बग्ने गरेको थियो । मेयर काफ्ले र चन्द्रपुर ४ का वडा अध्यक्ष रबी राना मगरको सक्रियता सडक मुनीको ह्युमपाई निकालेर नयाँ हाल्ने काम भईरहेको छ ।
हरेक बर्षायाममा सो स्थानको ह्युमपाईपबाट पानी नबगेर आआर गेष्ट हाउस अगाडीको राजमार्गनै जलमग्न हुने गरेको थियो ।
बर्षौ पुराना ह्युमपाईप निकालेर नयाँ ह्युमपाईप हाल्न लागेको मेयर काफ्लेले जानकारी दिए ।
चन्द्रपुर नगरपालिकाको मुख्य चोकनै बर्षाको बेला नालाको पानी नबगेर जलमग्न हुन थालेपछि नयाँ ह्युमपाईप राखेर काम अगाडी बढाउन थालेको मेयर काफ्लेले बताएका छन ।


