राैतहट २२ पुस / मधेश प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक मसाउद आलम खाँले जिल्ला प्रहरी कार्यालयको अनुगमन तथा प्रहरी अधिकारी लाई व्रिफिङ गरेका छन ।
जिल्ला प्रहरी कार्यालय रौतहट गौरमा पुगेर जिल्लाको शान्ति सुरक्षा लागयतका आवस्यक विषयमा जानकारी लिएको प्रहरी उपरीक्षक विरवहादुर बुढामगरले जानकारी दिए ।
नायव प्रहरी महानिरिक्षक खांले जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारी तथा मातहत प्रहरी ईकाई ईन्चार्जलाई विभागिय निति नियम सम्बन्धमा व्रिफीङ गर्नु भई निर्देशन दिएको रौतहटका प्रहरी उपरीक्षक बुढामगरले बताए ।


