गरुडा,२४ पुस । प्रधानाध्यापक सरुवाको विषय लिएर प्रदर्शनमा उत्रेकाहरु लाई स्वार्थ पूरा गर्न बिधार्थी प्रयोग गरेको आरोप छ ।
श्री नमुना माध्यमिक विद्यालय गरुडाका विद्यार्थीहरुलाई बिपक्षीदलका केहि ब्यक्तिले आफ्नो स्वार्थपूर्तीका लागी उचालेर आन्दोलन गराएको भनाइ छफ।
बिधालयलाई राजनैतिक आखाडा बनाउन खोजेको गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनी जयसवालले आरोप छ ।
नगरको शिक्षा क्षेत्रलाई सुधार गर्नखोज्दा बिधालयमा राजनितीकरण गरि बिधार्थीलाई उचालेर आन्दोलन गराउनु, पालिका घेराउ गराउनु अशोभनिय रहेको भन्दै नगर प्रमुख जयसवालले आपती जनाएका छन ।
एउटै विद्यालयमा लामो समय देखि कार्यरत रहेको कारण शैक्षिक अवस्था तहसनहस हुन पुगेको, विद्यालयलाई राजनीतिक अखडा बनाएकाले सुद्धिकरणका लागि सरुवा गरिएको मेयर जयसवालको दाबी छ ।
मेयर जयसवालले भने ,शिक्षक र प्रधानाध्यापक सरुवा हुनु स्वभाविक हो, यो त बेला बेलामा हुनै पर्छ, यसमा आतिनु पर्ने कुनै आवश्यक नै छैन् ।


