रौतहट २३ पुस ।चिसोमा कठ्याग्रिएर रौतहटमा एक वृद्ध को मृत्यु भएको छ ।
रौतहटको यमुनामाई गाउँपालिका ५ झुनखुनवा फतुवा टोलका ७० बर्षिय वृद्ध लालमहम्द मियाँ कवारीको कठ्याग्रिएर मृत्यु भएको हो ।
कवारी शुक्रवार (जुम्मा) को नमाज पढेर घर फर्किने क्रममा कठ्याग्रिएर बाटोमा ढलेर अचेत भएपछि उपचारको लागि स्थानिय स्वास्थ्य चौकीमा लैजाने क्रममा उनको मृत्यु भएको मृतकका छोरा कलाम मियाँ मन्सुरीले बताए ।
विहानै देखि बाक्लो हुस्सु र शितलहरबाट रौतहट जिल्लामा अत्याधिक चिसोले जनजिवन कष्टकर बनेको छ ।
चिसोले गर्दा मानिसहरु बिरामी पर्न थालेका छन् । चिसोले विशेष गरी कोल्ड डायरिया, दम, खोकी, उच्च रक्तचाप, मधुमेहका विरामी र बालबालिकाहरु सबै भन्दा बढि प्रभावित बनेका छन ।


