Wednesday, April 22, 2026

राष्ट्रिय सहमतीको सरकार आवश्यक : आजपा अध्यक्ष प्रभु साह

पछिल्लाे समाचार


काठमाडौं २३ पुस।आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले देशमा राष्ट्रिय सहमतिको सरकारको आवश्यकता रहेको बताएका छन् ।
शनिवार आम जनता पार्टी निकट मधेश–काठमाडौ आम सम्पर्क मञ्चद्वारा ललितपुरमा आयोजित प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै अध्यक्ष साहले सो धारणा राखेका छन ।
नेता साहले देशको वर्तमान संकटपूर्ण अवस्थाको अन्त्य गर्नका लागि राष्ट्रिय सहमतिको सरकार बनाएर सबै दल अघि बढ्नु पर्ने उनको धारणा छ ।
अहिलेको आर्थिक राजनीतिक समस्या समाधान कुनै एक दल ले नसक्ने अध्यक्ष साहको धारणा छ ।
अध्यक्ष साहले सम्पूर्ण दलहरू एउटै विन्दुमा उभिएर वर्तमान सरकारलाई राष्ट्रिय सहमतिको सरकारको स्वरुप दिन अपिल गरेका छन।
आम जनताले ऋण पाउने स्थिति त कता हो कता पुराना ऋणको ब्याज तिर्न नसकेर नागरीक आत्महत्या गर्ने अवस्थामा पुगेको उनको भनाई छ ।
अर्थतन्त्रलाई लयमा फर्काएर मुलुकलाई समृद्धिको यात्रामा डोर्याउन राष्ट्रिय सहमतिको सरकार बनाउनु आजको आवश्यकता रहेको समेत नेता साहको धारणा छ ।
दलिय स्वार्थ भन्दा माथि उठेर मुलुकका हितमा उभिनुपर्नेमा अध्यक्ष साहको जोड रहेकोछ ।
नेता साहले भने, ‘अहिलेकै राजनीतिक व्यवस्थाबाट हामीले स्थिर सरकार पनि पाउँन सक्दैनौं, समृद्धि पनि पाउँन समस्या नै छ ।
नेता साहले भने,” पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार दरो बनोस, बलियो बनोस र देशले आर्थिक प्रगति गरोस र शोषित, पीडित, न्याय नपाएका जनतको पक्षमा बढी काम गरोस ।”
भेलाबाट मधेस–काठमाडौं आम सम्पर्क मञ्चको ५१ सदस्यीय कमिटी गठन भएको छ ।
यसैगरी जिल्ला र काठमाडौं आम सम्पर्क मञ्चको संयोजक र सचिव समेत सो भेलाले सर्वसम्मत चयन गरेको आजपा प्रवक्ता चन्द्रभुषण साहले जानकारी दिएका छन।
यस्तै पर्सा काठमाडौं आम सम्पर्क मञ्चको संयोजकमा आरिफ र सचिवमा अवलेश कुमार रहेका छन् । बारा काठमाडौं सम्पर्क मञ्चको संयोजकमा प्रेमचन्द्र साह र सचिवमा चन्देश्वर दास रहेका छन् ।
रौतहट काठमाडौं सम्पर्क मञ्चको संयोजकमा उपेन्द्र साह र सचिवमा रुपेश दास रहेका छन् । यसैगरी सर्लाही काठमाडौं सम्पर्क मञ्चको संयोजकमा मुकेशकुमार साह र सचिवमा नरेन्द्र घिसिङ रहेका छन् । महोतरी काठमाडौं सम्पर्क मञ्चको संयोजकमा संजित चौधरी र सचिवमा उमा कुमारी झा रहेकी छन् ।
धनुषा काठमाडौं सम्पर्क मञ्चको संयोजकमा सुनिल साह र सचिवमा कालान्दी ठाकुर, सिराहा काठमाडौं सम्पर्क मञ्चको संयोजकमा शैलेन्द्र यादव र सचिवमा राजकुमार साह रहेका छन् ।यसैगरी सप्तरी काठमाडौं सम्पर्क मञ्चको संयोजकमा रामनारायण साह र सचिवमा दुर्गानन्द साह रहेको आजपा प्रवक्ता साहले जानकारी दिएका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु