Saturday, April 18, 2026

धर्म बिरुद्ध र मानव स्वास्थ्य संग खेलवाड भएको गुनासो

पछिल्लाे समाचार


रौतहट १८ माघ ।फुलतारा डेरी उधोग गौर, ५ रौतहटले  गाई र भैसीको बोसो प्रयोग गरि हिन्दू धर्म बिरुद्ध काम गरेको ,तथा सर्वसाधारण जनताको स्वास्थ्य सँग खेलवाड गरेको  विश्व हिन्दू परिषद नेपाल रौतहट ले जनाएको छ ।
डेरी संचालक मो. समिम र मो. मोतिउल्लाहले घ्यू, दही, दुध लगायतको खाद्यान्न वस्तु तयार गर्न अखाध्य बस्तु प्रयोग गरेको गुनासो छ ।
दोषि माथी कडा कार्वाहीको माग गर्दै विश्व हिन्दू परिषद नेपाल रौतहट द्वारा जिल्ला प्रशासन कार्यालय गौर, रौतहट मार्फत प्रधानमन्त्री, गृहमन्त्री र खाध्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय लाई ज्ञापनपत्र बुझाएको छ ।
राजनीतिक चलखेल नगरी वास्तविक छानबिन हुनुपर्ने ,दोषीलाई कार्वाही हुनुपर्ने अन्यथा  कडा आन्दोलन गर्ने ज्ञापनपत्रमा उल्लेखित गरिएको छ ।
ज्ञापन पत्रमा मंगलवारका दिन गौर न.पा.वडा नं. ५ स्थित पोखरीको डिलमा रहेको फुलतारा डेरी उद्योगमा स्थानीय प्रशासन द्वारा छापा मारी हुँदा गाई भैसीको बोसो , केमिकल लगायत अखाध्य वस्तुहरु प्रहरी प्रशासनले बरामद गरी संचालक समेतलाई पक्राउ गरी प्रहरी हिरासतमा लिएको  उक्त घृणित, असमाजिक, सनातन धर्ममास्ने जस्ता जघन्य अपराधिक कार्य गरेकोमा विश्व हिन्दू परिषद नेपाल जिल्ला कार्य समिति रौतहटको गम्भीर ध्यानाकर्षन भएको जनाएको हो।
उक्त अपराधीक कार्य गर्ने संचालक सहयोगी समेत लाई अविलम्ब कानून बमोजिम कडा भन्दा कडा कार्वाही गर्न माग गरेको  परिषद का रौतहट अध्यक्ष  रामा शंकर प्रसाद यादवले बताएका छन ।
यता प्रहरीले फूलतारा डेरी उद्योग बाट बरामद समान जिल्ला प्रशासन कार्यालय रौतहटको प्रतिनिधी, गौर नगरपालिकाका प्रतिनिधीहरु समेतको रोहबरमा उद्योग सिल गरी सो डेरी उद्योगको संचालक लगायत केही मानिसहरुलाई नियन्त्रणमा लिएकोमा पुनः १८ गते  जिल्ला प्रशासन कार्यालय, प्रहरी कार्यालय  टोली, गौर नगरपालिका, कर कार्यालय, राष्ट्रिय अनुसन्धान कार्यालय, पत्रकार, वडा अध्यक्ष, उद्योग वाणिज्य संघका प्रतिनिधीहरू र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, मंलगवाबाट खटि आएका खाद्य निरीक्षक समेतको रोहवरमा सिल खोली नमुना परिक्षण गरी  केहि व्यक्तिहरु माथी अनुसन्धान  भईरहेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरुमा जिल्ला रौतहट राजपुर नगरपालिका वडा नं. १ पिपरा भगवानपुर घर भई हाल गौर न.पा. ५ फुलतारा डेरी उद्योग संचालन गरि बस्ने वर्ष ३६ को शेख समिम ,उनको भाई वर्ष २७ को मो. मतिउल्लाह,वर्ष २४ को इफान खान, गरुडा न.पा. ८ बस्ने  वर्ष २३ को मो. समसे आलम रहेको डिएसपी उमाशंकर प्रसाद यादव ले जानकारी दिएका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु