Tuesday, April 21, 2026

मधेश प्रदेशमा रौतहटका चारजना मन्त्री

पछिल्लाे समाचार

रौतहट २१ माघ ।दुई फुल र दुई राज्य गरी रौतहटबाट चार जना मन्त्री मधेश प्रदेश सरकारमा सहभागी भएका छन् ।
मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोज कुमार यादवले शुक्रवार मन्त्रिपरिषद् विस्तार गर्दा रौतहटबाट थप तीन जना मन्त्री बनेका हुन ।
यसअघि नै जनमत पार्टीको तर्फबाट प्रदेश सरकारकारमा सहभागी भइ प्रदेश सांसद वसन्त कुशवाहा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीको जिम्मेवारी सम्हालि सकेकाका छन् भने शुक्रवार पुनः मन्त्रिपरिषद् विस्तार हुँदा एक फुल र दुई राज्य गरी तीन जना मन्त्री थपिएका हुन ।
जनमत पार्टीका सांसद कुशवाहा कृषि मन्त्री छन् भने नेकपा एमालेको तर्फबाट मो. जयद आलम महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री बनेका छन् । त्यस्तै,जनता समाजवादी पार्टी नेपालको तर्फबाट शेख अब्बुल कलाम आजाद उर्फ फुलबाबु सामाजिक विकास राज्य मन्त्री बनेका छन् भने केशव राय चौधरी नेकपा एमालेको तर्फबाट गृह तथा सञ्चार राज्य मन्त्री बनेका छन् ।
रौतहट जिल्लाबाट प्रदेश सरकारमा चार जना मन्त्री भएपछि अब विकास निर्माणले गति लिने भन्दै रौतहटवासी निकै खुसी भएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु