रौतहट २६, माघ । प्रेमलाल बैठा हेटौंडा आइडलको सेकेन्ड विजेता बनेका छन ।
रौतहटको कटहरिया नगरपालिका वडा न ४ बहादुरपुर घर भएका प्रेमलाल बैठा हेटौंडा आइडलको सेकेन्ड विजेता बनेका छन ।
हेटौंडा १० मा जारी १० औं राष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा भएको हेटौंडा आइडल गायन प्रतियोगितामा फाइनलमा प्रेमलाल बैठा हेटौंडा आइडलको सेकेन्ड विजेता बनेका छन ।
रौतहट जिलाको कटहरिया नगर पालिका ४ का बैंठा मकवानपुर बहुमुखी क्यामपस बाट बि बि एस उतिर्ण गरेका छन ।
बैठा निर्णायकको मुल्याकंन, टिकट र एसएमएस बाट प्राप्त भएको भोटिङको आधारमा सेकेन्ड विजेता बनेका हुन् । आइडलको सेकेन्ड विजेता बनेका बैठाले नगद दश हजार नगद सहित ट्रफी विभिन्न आकर्षक पुरस्कारहरु प्राप्त गरेका छन् । आइडलको निर्णायकमा विजय कार्की, ईश्वर खड्का र कृष्ण गोपाल सिंह रहेका थिए । उक्त आइडलमा २० जना प्रतिस्पर्धीले प्रतिपर्धा गरेका थिए ।


