रौतहट, १ जेठ । ज्यान मुद्दाका आरोपित तीन जनालाई रौतहट जिल्ला अदालतले धरौटीमा रिहा गरेपछि पीडित परिवार र आफन्तले अदालत अगाडि आईतवार गौर मा नारावाजी गरेका छन ।
गढीमाइ नगरपालिका वडा नम्वर ८ धोविनिया गाउँमा बाटो चौडा गर्ने विषयमा गत बैशाख २ गते झगडा हुँदा गोली लागेका ५० बर्षिय राजकुमार राय यादवको ज्यान गएको थियो ।
गोली प्रहार गर्ने श्याम भन्ने श्यामकिशोर राय यादव, उनका दाजु रामबहादुर राय यादव, काकाको छोरा रामएकवाल राय यादव, भतिज दिनेश राय यादव समेतले गोली प्रहार गर्दा राजकुमार राय यादवको मृत्यु भएकाे आरोप थियो ।
सो घटनामा गोली लागेर निरञ्जन यादव, बालधर राय यादव, रामप्रताप राय यादव र कपिलदेव यादव घाइते भएका थिए ।
सो घटना मा प्रहरीले श्यामकिशोर राय यादव, रामबहादुर राय यादव, रामएकवाल राय यादव, राम सेवक राय यादव, र दिनेश राय यादवलाई पक्राउ गरेको थियो भने रामइश्वर राय यादव र राजेश्वर राय यादव फरार भएका थिए ।
इलाका प्रहरी कार्यालय गरुडाले आरोपितहरु माथि कर्यव्य ज्यान तथा हातहतियार कसुरमा मुद्दा चलाएर अदालत समक्ष मिसिल पेश गरेको थियो।
शुक्रवार जिल्ला अदालत रौतहटको इजलाश नम्वर ६ मा न्यायाधिश गहेन्द्रराज पन्तको इजलाशमा सुनुवाई हुँदा पक्राउ परेका मध्ये रामएकबाल राय यादव, रामसेवक राय यादव र दिनेश राय यादवलाई धरौटीमा रिहा गर्ने र श्यामकिशोर राय यादव र रामबहादुर राय यादवलाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको थियो ।
धरौटीमा छाड्ने अदालतको आदेशबाट झन् पीडित भएको मृतककि श्रीमती अन्जु देवी यादवको दुखेसो छ ।
आइतवार नेपाल पत्रकार महासंघ रौतहटमा पत्रकार सम्मेलन मार्फत ठूलाबडा राजनीतिक दलको प्रभावमा प्रहरी, सरकारी वकिल र अदालतले आर्थिक सेटिंग गरेर गोली प्रहार गर्ने अभियुक्तहरुलाई तारेखमा छाडेपछि आफूहरु झन् असुरक्षित बनेको पिडित पक्षको भनाई छ ।
आरोपीहरु आर्थिक चलखेलको आधारमा पुन ः घटना घटाउने मनसायमा रहेको हुँदा त्यस्ता अपराधीहरुलाई कानुनी कठघेरामा ल्याइदिन संचारकर्मी सामु अन्जुदेवीले आग्रह गरेकी छिन ।
हत्या गर्ने र हत्याको षड्यन्त्र गर्ने तथा मृतक र घाइतेलाई घेरा हाली गोली प्रहार गरेको भिडियो समेत अदालतमा पेश गरिएको अवस्थामा दोषि करार गरी हदै सम्मको सजाय दिनुपर्नेमा अदालतले रिहा गरिदिएपछि पीडितहरु थप अन्यायमा परेकाे अन्जुदेवीको भनाई छ ।


