रौतहट १ जेठ ।नेकपा एमालेको जनवर्गीय संगठन राष्ट्रिय युवा संघको ३४ औ स्थापना दिवसको अवसरमा संघको रौतहट जिल्ला कमिटिले अनाथलयका बालबालिकाहरुलाइ खाद्यन्न सहयोग गरेको छ ।
गरुडामा रहेको बंशीराम अनाथलय का बालबालिकाहरुलाइ खाद्यन्न सहयोग गरेको जिल्ला संयोजक मुन्ना यादवले जानकारी दिएका छन।
अनाथलयका बालबालिकाको लागि करिब ३० हजार मुल्य बराबरको खाद्यान्न समाग्री हस्तान्तरण संयोजक यादवले बताए ।
संघले अनाथालयमा रहेका २९ जना बालबालिकाहरुको लागि ८ बोरा चामल,२ बोरा आलु,१ बोरा दाल,१ बोरा चिउरा,१ बोरा भुजा,१ बोरा नुन,२ कार्टुन चाउचाउ,१० लिटर खाने तेल लगायत गरी करिब २५ हजार मुल्य बराबरको खाद्यन्न सहयोग गरेको हो ।
खाध्यान्न सहयोग कार्यक्रममा राष्ट्रिय युवा संघका केन्द्रिय सदस्य बजरंगी गुप्ता,रौतहट जिल्ला सचिल सन्तोष साह, संघका बिभिन्न नगरपालिकाका नगर अध्यक्षहरु लगायतको पदाधिकारी तथा सदस्यहरुको उपस्थीती रहेको थियो ।


