रौतहट २९ बैसाख । राजपुर नगरपालिका वाड नम्बर ५ बाट नेपाल प्रहरीले ठूलो परिमाणमा भन्सार छलेको युरिया मल बरामद गरेको छ ।
भारतबाट अवैध रुपमा ल्याएर विभिन्न समयमा ल्याएर लुकाइ राखेको अवस्थामा युरिया मल बरामद गरिएको रौतहटका प्रहरी निरीक्षक दिनेश कुवरले जानकारी दिएका छन् ।
प्रहरीले अवैधरुपमा भित्राएको एक हजार भन्दा बढी बोरा युरिया मल बरामद गरेको जनाएको छ ।
शुक्रबार राजपुर नगरपालिका-५ स्थित स्कुल चौकका विभिन्न स्थानमा लुकाइछिपाइ राखेको अवस्थामा उक्त परिमाणको युरिया मल बरामद भएको हो ।
नेपाल प्रहरीले बरामद गरेको युरिया मल भन्सार कार्यलयमा बुझाएको छ ।



