Tuesday, April 21, 2026

१४ बर्ष पछि फरार अभियुक्त पक्राउ

पछिल्लाे समाचार



रौतहट ६ चैत ।  ज्यान मुद्दाका फरार एक अभियुक्त १४ वर्षपछि पक्राउ परेका छन् ।
पक्राउ परेका फरार अभियुक्त साविक प्रतापपुर पाल्टुवा ६ हाल गुजरा नपा ६ का ४५ वर्षीय शेख अलाउदिन रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रहरीले गरुडा नगरपालिका वडा नम्बर ४ बाट पक्राउ गरेको थियो । २०६६ साल पुस ८ गते कटहरीया नगरपालिका वडा नम्बर ६ का शेर फौजदारको श्रीमती ६५ वर्षीय मजबुनिया शेखिनलाई बच्चाबाबु भन्ने शेख सराजुल समेत मिली गोली हानी हत्या गरेर फरार भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
अर्का अभियुक्त शेख बच्चाबाबु अदालतबाट धरौटीमा छुटेका थिए  ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु