Tuesday, April 21, 2026

गौरमा  छुरा प्रहार गरि छिमेकीको हत्या

पछिल्लाे समाचार

   

रौतहट ६ जेठ । छिमेकी संग सामान्य विवादपछि  छुरा प्रहार हुदा रौतहटमा एकजनाकाे ज्यान गएकाे छ ।

गौर नगरपालिका-७ सिसवा टोलका ३५ वर्षीय शेख कविरले छुरा प्रहार गर्दा उनको छिमेकी ५० वर्षीय यार महदम खानकाे मृत्यु भएकाे प्रहरीले जनाएको छ।

शुक्रबार राति करिव १० बजे दुवैबीच केही भनाभन हुँदा कविरले मृतक खानको पेटमा छुरा प्रहार गरेकाे प्रहरीले जनाएको छ ।

पेट र छातिमा गम्भीर चाेट लागेका खानलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल गौर पुर्याउदा डाक्टरले मृत घोषणा गरेकाे प्रहरीले जनाएको छ ।

प्रहरी टोली घटनास्थल पुग्दा अभियुक्त फरार रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरिक्षक  विन्देश्वर यादवले बताएका छन ।

हत्या आरोपी अभियुक्त  खोजी भइरहेको प्रहरीले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु