Tuesday, April 28, 2026

चन्द्रनिगाहपुर खानेपानी संस्थाको चुनाव जेठ २० गते हुने

पछिल्लाे समाचार


चन्द्रपुर ९ जेठ । चन्द्रनिगाहपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको निर्वाचन आउदो जेठ २० गते शनिबार हुने भएको छ ।
चुनाबी साधरण सभा  र आर्थिक अनियमिताको आशंकामा गठित छानबिन समितिको प्रगति बिबरण सार्वजनिक गर्ने उदेश्यले उपभोक्ताहरुको भेलाको आयोजना गरिएको थियो । भेलामा निर्वाचन समितिका संयोजक चन्द्रपुर नगरपालिकाका उपसचिब कृष्ण प्रसाद सिग्देलले आउदो जेठ २० गते निर्वाचन हुने गरि निर्वाचनको तालिका सार्वजनिक गरेका छन ।
निर्वाचन तालिका अनुसार जेठ ८ गते ४ बजेसम्म उपभोक्ताको नामाबली प्रकाशन, १० गते उमेदवारी दर्ता,११ गते दाबी बिरोध,१२ गते उमेदवारहरुको अन्तिम नाम प्रकाशन र १२ गते नै उमेदवारहरुलाइ चुनाब चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको छ ।संघ संस्थाहरुको नाममा रहेको धाराको हकमा सम्बन्धित संघसंस्थाले तोकेको प्रतिनिधिले मात्र मत दिन पाउने छन । मतदान गर्न आउने मतदाताले आफ्नो नामको आधिकारिक पत्र ल्याउनु पर्नेछ ।
२०७९ फाल्गुण मसान्त सम्म बाँकी बक्यौता नरहेका उपभोक्ताहरुले मात्र उम्मेद्वार बन्न तथा मतदान प्रक्रियामा भाग लिन पाउनेछन् साथै महसुल भुक्तानी गर्न बाँकी रहेका सदस्यहरुले २०८० जेठ ८ गते १ बजेसम्म महसुल भुक्तानी गरेमा मात्र निर्वाचन प्रक्रियामा भाग लिन पाइने ब्यबस्था रहेको निर्वाचन समितिका संयोजक सिग्देलले जानकारी दिएका छन ।
उक्त संस्थामा अध्यक्ष,उपाध्यक्ष,सचिब,कोषाध्यक्ष र ९ जना सदस्य गरी १३ जनाको समितिमा रहने ब्यबस्था छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु