Thursday, April 23, 2026

मनोज चौधरी स्मृति पत्रकारिता पुरस्कार” रासस का अध्यक्ष  झालाई प्रदान गरिने ,निर्णय प्रति केही पत्रकारको  असन्तुष्टी

पछिल्लाे समाचार

 

राैतहट ३० बैसाख । नेपाल पत्रकार महासंघ रौतहट शाखाले स्थापना तथा व्यवस्थापन गरेको “मनोज चौधरी स्मृति पत्रकारिता पुरस्कार” २०८० बाट राष्ट्रिय समाचार समितिका अध्यक्ष धर्मेन्द्र झा लाई दिने निर्णय गरेको छ ।
रौतहटको गरुडा बाट प्रसारण हुने रेडियो मधेश मसला १०६.४ मेगाहर्जका स्टेशन म्यानेजर तथा जनकपुर टुडे पत्रिकाका संवाददाता पत्रकार स्वर्गिय मनोजकुमार चौधरीको कोरोना संक्रमणका कारण ४१ बर्षको अल्पायुमै नारायणी अस्पताल बिरगंजमा उपचारको क्रममा २०७८ बैशाख २८ गते निधन भएको थियो ।
उनको निधन पश्चात नेपाल पत्रकार महासंघ रौतहट शाखाले पत्रकार चौधरीको सम्झनामा “मनोज चौधरी स्मृति पत्रकारिता पुरस्कार”को स्थापना गरेको थियो । यस बर्षको “मनोज चौधरी स्मृति पत्रकारिता पुरस्कार” आगामी २०८० जेठ २० गते शनिबारका दिन प्रदान गरिने भएकाे छ । 


यता रौतहटका केही पत्रकारहरुले सो निर्णयको सार्वजनिकरुपमै असन्तुष्ठी जनाएका छन । उनीहरुले जिल्लामै कृयाशिल पत्रकारलाइ पुरस्कृत गरेको भए उनीहरुको थप हौसल्ला बढ्ने धारणा छ ।
जिल्लामा रहेर कलम चलाइरहेका संचारकर्मी लाई बेवास्ता गर्दै जात हेरेर पुरस्कार बितरण गरेको केही पत्रकारको गुनासो छ ।
नेपाल पत्रकार महासंघ रौतहटका सचिव मदन ठाकुर (धनन्जय ) द्वारा जारी  गरिएको प्रेस विज्ञप्तिमा २५ हजार राशीको पुरस्कार राससका अध्यक्ष झालाइ प्रदान गरीने उल्लेख छ ।
गतवर्ष उक्त पुरस्कार बाट गोरखापत्रका नायव कार्यकारी सम्पादक कुमार विवेकानन्द मिश्रलाई प्रदान गरिएएकाे थियो ।


spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु