Thursday, April 30, 2026

मौलापुर नपामा व्यायामशाला सामग्री खरीदमा अनियमितता भएको गुनासो

पछिल्लाे समाचार


रौतहट, १८ वैशाख/ मौलापुर नगरपालिकामा व्यायामशाला तथा योग केन्द्रकाे सामग्री खरीदमा अनियमितता भएको गुनासो छ।
मौलापुर नगरपालिकाका निमित प्रशासकीय अधिकृत रामबाबू साह र लेखापाल जयप्रकाश साहको मिलेमतोमा व्यायामशाला तथा योग केन्द्रको समानमा अनियमितता भएको गुनासो छ ।
२०७९ फागुन २ गते व्यायामशाला र योग केन्द्रको उद्घाटन भएको थियो।
व्यायामशाला र योग केन्द्रमा २० लाखको सामग्री राख्ने गरी सप्लायर्सको नाममा भुक्तानी पनि भइसकेको छ।
निमित्त प्रशासकीय अधिकृत साह र लेखा साहले उद्घाटनपछि सामग्री राखिने जानकारी गराएपनि अढाई महीना बितिसक्दा पनि सामान राखिएको छैन।
अधिकृत साहले रकम हिनामिनाको आरोप गलत रहेको सामान ल्याउन ढिला भएको बताएका छन्।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु