Tuesday, April 21, 2026

वाढि ,डुबान र कटानको समस्याले वर्षेनी पिडित

पछिल्लाे समाचार


राैतहट ३ जेठ । लालबकैया र बागमती नदीले बर्षेनी हजारौ परिवार वाढि डुबान र कटानको समस्या ले पिडित हुँदै आएका छन ।
जोखिम कम गर्ने उदेश्यले राैतहटका स्थानीय प्रशासन ले अति जाेखिम स्थानकाे स्थलगत अनुगमन गरेकाे छ ।
वाढी डुबान कटानको उच्च जोखिममा रहेका राैतहटको दक्षिणी भेगमा केही स्थानमा तत्कालै वांध मर्मत तथा नया स्पर निर्माणको आवश्यकता रहेको स्थानीयले बताएका छन।
जिल्ला प्रशासन कार्यालय राैतहटका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र दुर्गा भगवति गाउपलिका पुग्दा पालिका अध्यक्ष शम्भु सिहले वडा नम्बर ३ स्थित थप एउट स्पर निर्माण गराई दिन आग्रह गरेका छन ।
लाल बकैया तथा बागमती नदि नियन्त्रण कार्यालयबाट यस बर्ष सो वडा स्थित बामति नदिमा नया स्पर निर्माण भएका छन । वडा नम्बर ५ वडहर्वामा निर्माण भई रहेको हुलाकी राजमार्गको बागमती पुल बारे प्रजिअले जानकारी लिएका छन ।
अनुगमनमा सशस्त्र प्रहरी उपरीक्षक माधव रेग्मी , राष्ट्रिय अनुसन्धानका प्रमुख चन्दन झा , वडा अध्यक्ष डिके झा र धर्मनाथ चाैधरी सहितको उपस्थिति रहेको थियो।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु