रौतहट ३ जेठ । माधवनारायण नगरपालिका वडा न ८ पिप्रा रजवाडा मा वडा कार्यालयको भवन को शिलान्यास भएको छ ।
नगरप्रमुख बैजनाथ प्रसाद यादव र वडा न ८ का वडा अध्यक्ष योगेन्द्र प्रसाद महतोले संयुक्त रुपमा वडा कार्यालयको भवन शिलान्यास गरेका छ्न ।
वडा अध्यक्ष योगेन्द्र प्रसाद महतोले वडा कार्यालयको भवन निर्माणका लागि १६ धुर जग्गा दान गरेका छ्न ।
शिलान्यास कार्यक्रममा नगर प्रमुख बैजनाथ प्रसाद यादव, वडा अध्यक्ष योगेन्द्र प्रसाद महतो, प्रमुख प्रशासकीय अधिकृत देवनाथ यादव प्रसाद , प्रशासन शाखा प्रमुख पृथ्वी यादव, प्राबिधिक विरेन्द्र प्रसाद लगायत स्थानीयहरुको उपस्थित रहेको थियो ।


