Tuesday, April 28, 2026

शिवनगरमा स्नान घर र शौचालयको शिलान्यास

पछिल्लाे समाचार


रौतहट ९ जेठ । गरुडा नगरपालिका वडा नम्बर ५ स्थित धार्मिक स्थल शिवनगर  महादेव मन्दिर नजिक  स्नान घर र शौचालय निर्माण गर्न शिलान्यास गरिएको छ ।
ब्यवस्थित चेन्जिङ्ग रूम ,स्नान घर र शौचालय निर्माण गर्न गरुडा नगरपालिकाका नगरप्रमुख कन्थमणि प्रसाद जयसवाल र वडा नम्बर ५ का वडा अध्यक्ष रामबिनोद साहले संयुक्त रूपमा शिलान्यास गरेका छन् ।
भक्तजन तथा दर्शनार्थीको घुइचो लाग्ने सो मन्दिरामा व्यवस्थित शौचालय , स्नान घर नहुदा समस्या भएकाले शिलान्यास गरेको गरुडा नगरपालिकाका नगर प्रमुख जयसवालले बताएका छन् ।
नगर स्तरिय योजनाबाट २० लाखको लागतमा शौचालय र चेन्जिङ्ग घर निर्माण हुन लागेको उपभोक्त्ता समितिका अध्यक्ष रामाकान्त राउतले जानकारी दिए ।
कार्यक्रममा वडा नम्बर २ का वडा अध्यक्ष कृष्णनन्दन सहनी , वडा सदस्यहरु, स्थानीय बुद्धिजीवी डा.नन्दकिशोर झा, एमाले नेता करिमुल्लाह, शिव मन्दिरका महन्त कृष्णदेव गिरि,  वडा नम्बर ६ का अध्यक्ष रामबाबु चौधरी लगाएत स्थानीयको उपस्थिति रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु