Thursday, September 12, 2024

चन्द्रनिगाहपुरमा बढ्यो खानेपानीको चुनावी सरगर्मी

पछिल्लाे समाचार


मुकेश कुमार साह
रौतहट २५,जेठ
रौतहटको चन्द्रपुर स्थित चन्द्रनिगाहपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको निर्वाचन नजिकिएसँगै यहाँ चुनावी सरगर्मी बढेको छ ।
ठूला–साना दलहरु नेतृत्व आफ्नो हातमा पार्न चुनावी कसरतमा जुटेका छन् । सोही सन्दर्भमा नेकपा (एमाले), नेपाली काङ्ग्रेस , नेकपा (एकीकृत समाजवादी) लगायतका दल मिलेर बाम लोकतान्त्रिक समुहबाट किशोर प्रसाद उपाध्यायको नेतृत्व समुह बनाएर चुनावी मैदानमा उत्रिएका छन् ।
नेतृत्वमा नौ सदस्यीय कार्यसमितिका लागि उपाध्यायको नेतृत्वमा मैदानमा उत्रिएको हो । संस्थाको उपाध्यक्षका लागि डोल बहादुर ठाडा मगर,सचिवमा अवधेश हरी भट्टराई , कोषाध्यक्षमा बिनिता बख्रेल , सदस्यमा बृजेश प्रसाद साह(पंकज), प्रहलाद मैनाली,दुर्गा प्रसाद हुमागाई,राम प्रसाद साह, बलराम सापकोटा र भरत प्रसाद अधिकारी रहेका छन । यस्तै महिला सदस्यमा
रत्न कुमारी खडका,कल्पना दाहाल र जानुका तिमलसिना उम्मेदवार बनेका छन ।
त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्पा)ले लेखनाथ कोईरालाको नेतृत्वमा स्वतन्त्र प्यानल बनाएर चुनावी मैदानमा होमिएका छन । प्यानलले उपाध्यक्षमा बिश्वजित बन्जारा,सचिव रन्जन कुमार काफ्लेर कोषाध्यक्षमा मरछिया देवीलाई अगाडि बढाएका छन । खुल्ला सदस्यमा कुल प्रसाद अधिकारी,खड्ग बहादुर न्यौपाने,मुन्ना श्रेष्ठ गौतम,रामचन्द्र शिवाकोटी,नेहरुल नेसा,सत्यभामा अधिकारी ,महिला सदस्यमा जुनकीरी बि.क र यसोदा भट्टराई रहेका छन ।
आ-आफ्नो एजेण्डासहित चुनावी मैदानमा उत्रिएका उनिहरुको एउटै भनाइ छ, चन्द्रनिगाहपुर खानेपानीलाई व्यवस्थित बनाउने । बाम लोकतान्त्रिक समुहका अध्यक्ष प्रत्यासी उपाध्यायले उपभोक्ताहरुलाई शुद्ध, स्वच्छ र स्वस्थ खानेपानीको व्यवस्था गर्ने,पिउने पानीको महसुल घटाउँदै नयाँ मूल्य निर्धारण गर्ने लगायतको कार्ययोजना सुनाए । उनले भने, “म बोल्ने भन्दा पनि काम गरेर देखाउँछु ।”
त्यस्तै, उपाध्यक्षका उम्मेदवार ठाडा मगरले
धारा नपुगेको ठाउँमा प्राथमिकताको आधारमा नयाँ पाइपलाइन विस्तार गरी नयाँ धारा जडान गर्ने बताए । उनले संस्थामा केही काम भए पनि उपभोक्ताको अपेक्षा अनुसार काम नभएको उल्लेख गरे। उनले सर्वसुलभ र गुणस्तर सेवा दिनका लागि उम्मेदवारी दिएको बताए ।
यस्तै, सचिवका उम्मेदवार भट्टराईले संस्थाको कार्यालय व्यवस्थापनमा समस्या भएको बताउँदै संस्थामा सुशासन कायम गर्दै स्वच्छ र सर्वसुभल पानीको उपलब्ध गराउन आफू चुनावी मैदानमा उत्रिएको सुनाए ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरुले खानेपानी संस्थाको विकृति, विसंगति र दुरुपयोग रोक्न कुनै दलसँग गठबन्धन नगरी एक्लै चुनावी मैदानमा उत्रिएको बताए ।
आफूहरुसँग ज्ञान, क्षमता, जोश जाँगर अनि उत्साह भएकाले उपभोक्ताले विश्वास गरेर मतदान गर्ने स्वतन्त्र समुहका अध्यक्ष पद उम्मेदवार लेखनाथ कोईरालाले दाबी गरे । उनले आफ्नो प्यानल जिते चोक बजार एवंम भिडभाड हुने स्थानमा वाटर एटिएम मेशिन राखी शुद्ध खानेपानी खुवाउने जस्ता एजेन्डा रहेको सुनाए । लोकतान्त्रिक समुहका उपाध्यायको नेतृत्वले हास चुनाव लिएर चुनावमा होमिएका छन भने स्वतन्त्र समुहका कोईराला जेब्रा छाप लिएर चुनावी मैदानमा उत्रेका छन । उनिहरु दुवैजना उपभोक्ताको घर-घरमा आफु प्रती मत तान्न पुगीरहेका छन । जेठ २७ गते चन्द्रनिगाहपुर जनज्योती बहुमुखी क्यापसमा हुने चुनावको तयारी अन्तिम चरणमा पुगेको
निर्वाचन समितिका संयोजक कृति सुबेदीले जानकारी दिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु