रौतहट ११ असार । ७ महिना अघि रौतहटको चन्द्रपुर ४ मा भएको एउटा दुर्घटनाको विषय पछिल्लो समय चर्चामा छ ।
गत मंसिर ३ गते भएको दुर्घटनामा १० वर्षीय बालकले ज्यान गुमाएका थिए । मृतक बालककी आमा सरस्वती तिमल्सिनाले भावविह्ल हुँदै सामाजिक संजालमा भिडियो राखेपछि यस विषयले चर्चा पाएको हो ।
सरस्वतीले घटनामा संलग्नले उत्मुक्ती पाएको भन्दै सहयोग गरिदिन अनुरोध समेत गरेकी छिन ।
ती महिलाले – ‘मेरो छोराले ज्यान गुमाए तर सांसद देवप्रसाद तिमल्सिनाको पहलमा दोषीलाई उन्मुक्ति दिइयो । मुद्दा फिर्ता लिने सहमती गरेका पनि थिएनौं तर हाम्रो जानकारी विना अदालतबाट हाम्रो अनुपस्थित मै फैसला सुनाइयो, हामी न्याय खोज्न कहाँ जाने ?’ भन्दै प्नश्न गरेकी छिन ।
लाइसेन्स समेत नभएका चालकले भवितव्यले नभई हत्या नै गरेको भन्दै सरस्वतीले दुखेसो पोखिन् ।
जिल्ला अदालत रौतहटमा सन्तोष तिमलसिनाले मंसिर २९ गते रमेश घिमिरेलाई प्रतिवादी बनाई सवारी ज्यान मुद्दा दर्ता गरेका थिए जसको फैसला जिल्ला अदालतले जेष्ठ ३० गते गरेको थियो । जिल्ला न्यायाधीश गेहेन्द्रराज पन्तको इजलासले आंशिक अभियोग दाबी पुग्ने भन्दै फैसला सुनाएका थिए ।
प्रतिवादी घिमिरे ६ महिना जेल सजाय तथा दुई हजार रुँपैया बुझाएर थुना मुक्त भएका थिए ।
सवारी चालक अनुमतिपत्र नभएका व्यक्तिलाई सवारी धनीले सवारी चलाउन दिन हुँदैन, दिएमा दुर्घटना भई मानिसको मृत्यु हुन गएमा त्यस्ता सवारी धनीलाई २ वर्षसम्म कैद हुने कानुनी व्यवस्था रहेको छ ।
उक्त कानुनी व्यवस्था अनुसार सवारी चालक अनुमतिपत्र बिना सवारी चलाइ भएको दुर्घटनाबाट ऐनको दफा १६१(१) वा (२) बमोजिमको कसुर कायम भएमा त्यस्तो कसुरदारलाई दफा १६१(१) वा (२) बमोजिम हुने सजायमा उक्त उपदफा (४) बमोजिको थप सजाय हुने छ ।
सवारी दुर्घटना सम्बन्धमा खास गरी मोटरसाईकल जस्तो व्यक्तिगत सवारी साधन चलाउने र सार्वजनिक ठुला सवारी साधन चलाउनेको सतर्कता भिन्नभिन्न मापदण्डका हुनुपर्ने उल्लेख छ । सर्वोच्चले नियमितभन्दा बाध्यात्मक र आकस्मिक अवस्थालाई एउटै रुपमा हेरेर सजाय गर्न नमिल्ने भनेको छ ।
यता सो घटनाको बिषयमा रौतहट क्षेत्र नम्बर ४ का संघिय सांसद देव प्रसाद तिमिल्सिनाले ध्यानाकर्षण पत्र निकालेका छन् ।
सामाजिक संजाल मार्फत म र मेरो पदिय मर्यादालाई आघात पुग्ने गरि गरिएको निराधार र कपोकल्पीत दुष्प्रचार प्रति गम्भिर ध्यानाकार्षण भएको सासद तिमल्सिनाले उल्लेख गरेका छन ।
समाजिक संजाल मार्फत गरिएको प्रचारवाजी र बेइज्जती पूर्ण शब्द एवम् व्यक्तिगत र पदिय मर्यादाप्रति लगाईएको आरोप असत्य र निन्दनिय भएको र उक्त घटनाको विषय सम्मानित अदालतको दायरा भित्रको विषय भएकोले यस सम्बन्धमा आफ्नो कुनै संग्लनता नरहेको स्पष्ट पार्न चाहेको बताएका छन ।

संचार माध्यम मार्फत गरिएको गलत प्रचारबाजी वर्तमान कानुन र प्राकृतिक न्यायको सिद्धान्त विपरित र सम्मानीत अदालत प्रति गरिएको गलत प्रहार हो भन्ने मैले बुझेको छु ।ससद तिमल्सेनाले भनेका छन।
रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ४ कप्तानटोलमा बिगत ७ महिना अगाडि लाईसेन्स नभएका रमेश घिमिरे नामका मोटरसाईकल चालकले १० बर्षिय बालक सम्राट तिमल्सिना लाई ठक्कर दिदा घटना स्थलमै मृत्यु भएको थियो ।
टिकटकमा मृतक बालककी आमाले करिव ३ मिनेटको भिडियो पोष्ट गर्दै सांसद तिमिल्सिनाको नाम लिदै न्यायको माग गरेकी थिइन ।
नेपाली कांग्रेस चन्द्रपुर नगरसमितिका सभापती मुकेश गिरीले संघिय सांसद देव प्रसाद तिमिल्सिनाको व्यक्तित्व र पदिय मर्यादालाई आघात पुग्ने गरि गरिएको निराधार र कपोलकल्पीत प्रचारबाजी भन्दै बिज्ञप्ती निकालेकाे छ । व्यक्तिगत तथा राजनितिक प्रतिशोद्ध साध्ने उद्देश्यबाट प्रेरित भई समाजिक संजाल मार्फत गरिएको प्रचार बाजी र बेइजज्ती पूर्ण शब्दहरु व्यवस्थिका संसद जस्तो गरिमामय पदमा रहेको व्यक्तिको पदिय मर्यादा प्रति लगाईएको आरोप असत्य र निन्दनिय भएको र उक्त घटनाको विषय सम्मानीत अदालतको दायरा भित्रको विषय भएकोले यस सम्बन्धमा संसद जस्तो गरिमामय पदमा रहेको व्यक्तिको कुनै संग्लनता नरहेको कुरा स्पष्ट पार्न चाहान्छु भनेका छन ।
प्रकृया अनुसार भएको फैसालालाई लिएर सासद. देव प्रसाद तिमल्सिनाको बिरुद्धमा पदिय मर्यादालाई समेत आँच पुयाउने गरि विभिन्न व्यक्तिहरु बाट संचार माध्यमको दुरुपायोग गरि चरित्र हत्या गर्ने गरेको कुरा प्रति नगर कमिटि ले खेद प्रकट गरेको समेत जनाएको छ ।
बि.सं. २०७९/०८/०३ गतेका दिन भएको उक्त असमायिक घटना सम्बन्धमा जानकारी पाउनसाथ आसन्न संघिय निर्वाचनको पूर्व सन्ध्यामा देव प्रसाद तिमल्सिना ले तत्कालै स्थानीय पार्टि पंक्ति र आफन्तजन मार्फत घटनाबारे बुझि पडितलाई न्याय र पिडकलाई सजाय हुनु पर्छ भनि पहल तथा पैरवी गर्दै आएको बताईएको छ ।
जिल्ला प्रशासन कार्यालय रौतहट गौरमा पिडक र पिडित पक्ष तथा सरोकारवाला व्यक्तिहरुको उपस्थितिमा पिडकले वर्तमान नितिनियम अनुसार पिडित पक्षलाई क्षतिपूर्ति रकम समेत उपलब्ध गराईएको अवस्थामा अदालतबाट विधिपूर्वक फैसला हुँदा पिडकले नियमानुसारको कैद सजाय भुक्तान तथा जरिवाना रकम समेत बुझाई न्याय निरोपण भएको विषयलाई तोडमोड गरि राजनितिक प्रतिसोध साध्ने उद्देश्य बाट हुँदै आएको दुषप्रचार प्रति नगर कमिटि सुक्षम ढंगले अध्ययन गर्दै आएको समेत उल्लेख छ । व्यवस्थिका संसदको सदस्यको रुपमा रहेको व्यक्तिको मर्यादामा समेत आँच आउने गरि भए गरेको यस्ता गतिविधि र प्रचार वादीमा संलग्न व्यक्तिलाई पक्राउ गरि कानुनी कार्वाहीको दायरा मा ल्याउन माग गरेको नगर सचिव
गणेश चौलागाई र नगर सभापती मुकेश गिरीले बिज्ञप्तीमा उल्लेख गरेका छन।

सासद तिमिल्सिनाले न्याय दिने भन्दा मिलापत्रको प्रस्ताव ल्याएर फैसलाको मितिनै थाहा नदिई झुक्याएर फैसला गराईएको मृतक बालकका आमा को गुनासो छ ।
सामाजिक संजाल टिकटकमा @sarupokhreltimals को ह्याण्डलमा अभागी ममी नामको आईडीबाट पोष्ट गरिएको सो भिडियो रौतहटमा चर्चा को बिषय बनेको छ ।
पिडित महिलाको भनाई टिकटक लिङ्क मा https://vt.tiktok.com/ZSLBMPhYb/