Sunday, May 26, 2024
No menu items!

मेयर कुर्मीले गरे प्रशासनिक भवनको शिलान्यास

पछिल्लाे समाचार


रौतहट, १० असार । वृन्दावन नगरपालिकाको आफनै भवन निर्माण हुने भएको छ ।
आइतवार आयोजित एक समारोहका बिच वृन्दावन नगरपालिकाको आफनै प्रशासनिक भवनको शिलान्यास गरिएको छ ।
बृन्दावन नगरपालिकाका मेयर विनोद प्रसाद कुर्मीले आइतवार आयोजित एक कार्यक्रमका बीच नगरपालिकाको आफनै प्रशासनिक भवनको शिलान्यास गरेका छन् ।
नगरपालिकाको ३ करोड र एक संस्थाको ३ करोड गरी कुल ६ करोडको लागतमा सुविधा सम्पन्न आधुनिक प्राविधिक द्वारा लिफ्ट सहितको प्रशासनिक भवन निर्माण हुने मेयर कुर्मीले बताए ।
लिफट र प्रर्याप्त कोठा सहित चार तल्ले भवन निर्माण हुने मेयर कुर्मीले बताए । अत्याधुनिक र सुविधा सम्पन्न भवन निर्माण कार्य सम्पन्न गर्न करिव दुई वर्ष समय लाग्न सक्ने समेत उनले बताए ।
जिल्लामै पहिलो पटक वृन्दावन नगरपालिकाको प्रशासनिक भवन लिफट सहित निर्माण हुन लागेको उनले बताए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु