Friday, May 24, 2024

राैतहटमा दुई जनाले लिए पहिलो दिन जन्मको आधारमा नेपाली नागरीकता

पछिल्लाे समाचार


प्रेमचन्द्र झा/
राैतहट १० असार।नेपाल नागरिकता( पहिलो सन्सोधन) ऐन २०७९ को दफा ३ र ८ बमोजिम जिल्ला प्रशासन कार्यालय राैतहटबाट पहिलो दिन २ जनाले जन्मको आधारमा नेपाली नागरिकताको प्रमाण पत्र लिएका छन ।
प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले दिएको जानकारी अनुसार माैलापुर नगरपालिका वडा नम्बर ४ का २७ वर्षिय अरुण कुमार यादव र वाैधिमाई नगरपालिका वडा नम्बर ३का १९ वर्षिय जय प्रकाश गिरीले जन्मको आधारमा नेपाली नागरिकताको प्रमाण पत्र पाएका हुन ।
जन्मेको आधारमा नेपाली नागरिकता पाउन आवश्यक कागजात प्रमाण सहितको अनुसुची फारम सहितको आवेदन पेश गरेको आवश्यक प्रकृया पूरा गरि दुवै जनालाई जन्मको आधारमा नेपाली नागरिकता दिईएको जिल्ला प्रशासन कार्यालय राैतहटका सुचना अधिकारी मणीभुषण साहले जानकारी दिएका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु