Saturday, January 25, 2025

रिटर्नी फेडेरेसन मधेश प्रदेशले चन्द्रपुरमा “प्रशिक्षण तथा उधमशीलता बहस ”गर्ने

पछिल्लाे समाचार


रौतहट १२ असार। रिटर्नी फेडेरेशन नेपाल(आरएफएन)ले मदनभण्डारीको जन्म जयन्तीको अवसरमा असार १६ गते शनिवार “प्रशिक्षण तथा उधमशिलता बहस गर्ने भएको छ । मधेश प्रदेशका ८ वटै जिल्ला तथा नगरका नेतृत्वमा रहेका फेडेरेशनका नेता तथा अगुवा कार्यकर्तालाई संगठात्मक प्रशिक्षण दिईने मधेश प्रदेशका अध्यक्ष दिपक श्रेष्ठले जानकारी दिएका छन ।
सो कार्यक्रममा विदेशबाट फर्केपछि नेपालमा उधम गरिरहेका रिटर्नीहरु संगको अनुभव र स्वदेशमा गर्न सकिने उधम र स्वरोजगारलाई केन्द्रीत गर्दै “उधमशिलता बहस” गरिने भएको छ ।
आरएफएन मधेश प्रदेशको असार ८ गतेको बैठकले मधेश प्रदेशका ८ वटै जिल्लामा संगठन विस्तार गरिने निर्णय गरेको थियो ।
यही असार २० गते धनुषामा ५ सय बढि रिटर्नीहरुको सहभागितामा जिल्ला अधिवेशन गर्ने तय भएको छ । यसै गरि पर्सा, सर्लाही र धनुषा र महोत्तरीमा जिल्ला अधिवेशनको तयारी भईरहेको छ ।
रौतहट ,सप्तरी र बारा जिल्लामा नगर समितिहरु गठन गरिने तयारी रहेको छ । मधेश प्रदेशमा विभिन्न मुलुकमा गएर फर्केका नेपालीहरुलाई स्वदेशमै ज्ञान, सिप,पूँजी र जागरलाई स्वदेशमै प्रयोग गर्न विभिन्न कार्ययोजना बनाएर आरएफनले काम गरिरहेक छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु