Monday, May 19, 2025

रौतहटको विभिन्न स्थानबाट तीन जना फरार अभियुक्तहरु पक्राउ

पछिल्लाे समाचार

रौतहट ११ असार। बिभिन्न मुद्दामा प्रहरीको सुचिमा फरार रहेका तीन जना लाई रौतहटमा प्रहरीले पक्राउ गरि अदालतमा पेस गरेको छ ।
गौर न.पा. वडा नं.-३ बि.पी. चौक बाट ज्यान मार्ने उधोग मुद्दामा फरार रहेका प्रतिवादी पक्राउ परेका छन ।
रौतहट फतुवा विजयपुर न.पा. वडा नं. १ का बर्ष २५ को राकेश यादवलाई पक्राउ गरी आवश्यक कार्वाहीको लागी रौतहट जिल्ला अदालत गौर रौतहटमा बुझाईएको प्रहरीले जनाएको छ।
यस्तै अदालतको फैसला कार्यान्वयन अन्तर्गत अदालतबाट कैद तथा जरिवाना सजाय भई फरार रहेका प्रतिवादीलाई प्रहरी गस्ती टोलीले बृन्दाबन न.पा.वडा १ बिश्रामपुर टोल स्थितमा लागु औषध मुद्दामा फरार रहेका प्रतिवादी बर्ष ३२ को रमेश कुमार यादव पक्राउ परेका छन ।


अदालतको फैसला कार्यान्वयन अन्तर्गत अदालतबाट कैद तथा जरिवाना सजाय भई फरार रहेका प्रतिवादी माधवनारायण न.पा.वडा नं.५ कटहरियाटोल स्थितमा ज्यान मार्ने उधोग मुद्दामा फरार रहेका बर्ष ७६ को बैजनाथ सहनीलाई पक्राउ गरी कार्वाहीको लागी जिल्ला अदालत गौर मा बुझाईएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु