Wednesday, May 22, 2024

लागुओषध ब्राउन सुगर सहित एक युवक पक्राउ

पछिल्लाे समाचार

रौतहट ११ असार ।लागू औषध (ब्राउन सुगर) सहित एकजना युवक रौतहटमा पक्राउ परेका छन ।
चन्द्रपुर नगरपालिका वडा नं ४ मा प्रहरी टोलीले सवारी साधन तथा मानिस चेकजाँच गर्ने क्रममा ना ५८ प ४२४६ नम्वरको स्पेलेण्डर मोटरसाईकल सहित रौतहट चन्द्रपुर नगरपालिका वडा नं ४ का ३० बर्षिय बिबेक गुरौलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय चन्द्रपुरले जनाएक‍ो छ।


युवकको शरिर खानतलासी गर्दा अबैध लागुऔषध (ब्राउन सुगर) एक दसमलव चार सय साठी ग्राम बरामद भएको प्रहरीले जनाएको छ ।
लागु औषध (ब्राउन सुगर) बरामद गरी गुरौ लाई आवश्यक कारवाहीको लागी जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भई रहेको डिएसपी उमाशंकर प्रसाद यादवले जानकारी दिएका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु