Sunday, January 26, 2025

विभिन्न मुद्वाका ६ जना प्रतिवादी रौतहटमा पक्राउ

पछिल्लाे समाचार


राैतहट १२ असार। अदालतको फैसला कार्यान्वयन अन्तरगत रौतहटमा प्रहरीले विभिन्न मुदाका ६ जना प्रतिवादीलाई पक्राउ गरेकाे छ ।
प्रहरी गस्ती टाेलिले गरुडा नगरपालिका वडा नम्बर २ गेडहिगुठ्ठिबाट बलिराम सहनी , कृषनन्दन सहनी ,सुनिल सहनी , र प्रभुनन्दन भन्ने शशी सहनीलाई कर्तव्य ज्यान मुद्वा तथा सोही वडाका जम्दार साह र जोगिन्द्र साहलाई जुवा सम्बन्धि मुद्वामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय राैतहटका प्रहरी नायव उपरिक्षक उमाशंकर यादवले बताए ।
अदालतबाट कैद तथा जरिवाना सजाय भई फरार रहे ती ६ जना प्रतिवादीलाई पक्राउ गरि जिल्ला आदालत राैतहटमा बुझाएको प्रहरी नायव उपरीक्षक यादवले जानकारी दिएका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु