Monday, December 9, 2024

अध्यक्ष प्रभु साह लाइ कारवाहीको माग गर्दै सत्ता पक्षिय ६ दल आन्दोलनमा

पछिल्लाे समाचार


रौतहट, ९ साउन । पुर्व माओवादी हाल आम जनता पार्टीका अध्यक्ष प्रभु साहलाई कारवाही गर्न माग गर्दै रौतहटमा प्रदर्शन भएको छ ।
संयुक्त संघर्ष समितिले रौतहटका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन ।
नेपाली काँग्रेस, नेकपा एकिकृत समाजवादी, जनता समाजवादी पार्टी, नेकपा माओवादी केन्द्र, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीद्धारा गठन गरिएकाे सर्वदलिय ,सर्वपक्षिय संयुक्त संघर्ष समितिले मंगलवार गौरमा विरोध प्रदर्शन गरेको छ ।
अन्तरराष्ट्रिय कुस्ती खेलाडी उपेन्द्र दास वैरागी, शिक्षक सुनिल यादव, स्वास्थ्यकर्मी शुरेश यादव र हिन्दुवादी नेता काशीनाथ तिवारीको हत्या गराउने अभियुक्त तत्कालिन माओवादीका नेता हाल आम जनता पार्टीका अध्यक्ष प्रभु साह रहेको आरोप लगाउदै आन्दोलन भएको हो ।
प्रदर्शनकारीहरुले प्रजिअ धर्मेन्द्रकुमार मिश्र मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् ।
२०६३ चैत ७ गते मधेशी जनअधिकार फोरमको निर्धारित आम सभालाई विथोल्न तत्कालिन नेकपा (माओवादी) काे भातृ संगठन राष्ट्रिय मधेशी मुक्ति मोर्चाले पनि सभा गर्न मन्च बनाएको थियो ।
१७ बर्ष अघि भएको गौर राइस मिल्समा आत्मरक्षाका लागि गरिएका प्रयासहरुलाई झुठा मुद्दा बनाएकोमा त्यस्ता झुठा मुद्दाका जाहेरी खारिज गर्न र नेपाल सरकार एवं प्रधानमन्त्री कार्यालयलाई ज्ञापन पत्र पठाउनुका साथै जिल्ला प्रहरी कार्यालयले उक्त मुद्दा तामिलिमा राख्न अनुरोध गर्दै सर्वदलिय,सर्वपक्षिय संयुक्त संघर्ष समितिले बिज्ञप्ति निकालेको छ ।
जनता समाजवादी पार्टी (जसपा) का जिल्ला अध्यक्ष एवं सर्वदलिय सर्वपक्षिय संयुक्त संघर्ष समितिका सदस्य श्यामविहारी यादवले तत्कालिन मधेशी जनअधिकार फोरमद्धारा आयोजित कार्यक्रमलाई सुनियोजित रुपमा विथोल्न तत्कालिन माओवादी नेता प्रभु साहको योजनामा घटना भएको आरोप छ ।
गौर घटना एउटा राजनीति तवरबाट घटाइएको अत्यन्तै दुखद घटना भएको थियो । तर शिक्षक सुनिल यादव, अन्तरराष्ट्रिय कुस्ति खेला उपेन्द्र दास वैरागी, स्वास्थ्यकर्मी शुरेश यादव र पर्साका हिन्दुवादी नेता काशीनाथ तिवारीकोे हत्या गराउने व्यक्ति नेता साह माथि कहिले कारवाही होला भन्दै रौतहटका ६ दलका नेताहरुले प्रश्न गरेका छन ।
नेकपा एकिकृत समाजवादीका युवा नेता बृजकिशोर यादवले तत्कालिन माओवादीका नेता प्रभु साह गौर घटनाको मुद्दा देखाएर आम जनता पार्टी बलियो बनाउने षड्यन्त्रमा रहेको बताए ।
गत साउन १ गते नेता प्रभु साहको निर्देशनमा गौर हत्याकाण्डका दोषि लाई कार्वाहिको माग गर्दै आम जनता पार्टीले पनि गौरमा प्रर्दशन गरेको थियो ।
गौर हत्याकाण्डको मुख्य आरोपी उपेन्द्र यादवलाई नियन्त्रणमा लेऊ, दोषीहरुलाई कारवाही गर, दोषिलाई उन्मुक्ति दिन पाउदैनन् जस्ता नारा लगाउदै आम जनता पार्टीले रौतहट सदरमुकाम गौरमा प्रदर्शन गरेका छन् ।
आम जनता पार्टीका जिल्ला अध्यक्ष धर्मेन्द्र पटेलको नेतृत्वमा निस्किएको जुलुसले गौर हत्याकाण्डको मुख्य दोषि उपेन्द्र यादवलाई कारवाही गर, निहत्था माथि आक्रमण गर्ने हत्याकाण्डमा संलग्न दोषिहरु माथि कारवाही गर, सहिद परिवारलाई राहत देउ, गौर हत्याकाण्डका दोषिलाई उन्मुक्ति दिन पाउदैनन् जस्ता नाराहरु लगाउर्दै प्रदर्शन गरेका थिए ।
गौर हत्याकाण्डका मुख्य दोषि सहित अन्य दोषिहरुलाई कारवाहीको माग गर्दै गौर हत्याकाण्ड पीडित संघर्ष समितिका संयोजक एवं सहिद परिवार कि अगुवा रुपसागर देवीले प्रमुख जिल्ला अधिकारीको अनुपस्थितिमा प्रशासकीय अधिकृत निरज श्रीवास्तवलाई ज्ञापन पत्र बुझाएकी थिइन ।
२०६३ चैत ७ गते गौर स्थित राइस मिल्सको चौरमा तत्कालिन नेकपा माओवादी र उपेन्द्र यादवले नेतृत्व गरेको मधेशी जनअधिकार फोरमका कार्यकर्ताहरु विच झड्प हुँदा माओवादीका २७ जना कार्यकर्ता मारिएका थिए भने ५० भन्दा बढी घाइते भएका थिए।
न्याय का लागी सर्बोच्च अदालतमा प्रक्रियालाई अगाडी बढाउन परमादेशको माग सहितको निवेदन दर्ता केही दिन अघि भएको छ ।
यता आजपाले दोषि लाई कारवाही गर्न प्रकृया अघि नबढे साउन २ देखि १२ सम्म पालिकाहरुमा गौर हत्याकाण्डको जानकारी एवं अन्तरक्रिया कार्यक्रम गर्ने, साउन १३ गते मृतकका परिवार एवं पीडितहरुद्धारा धर्ना दिइने, साउन १४ गते मोटरसाइकल रयाली निकाल्ने, साउन १५ गते देखि अनिश्चितकालिन रौतहट बन्द गर्ने चेतावनी यस अघि नै दिएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु