Wednesday, October 9, 2024

अबैधरुपमा संकलन गरि भण्डारण गरेको ढुङ्गा जफत गर्न माग

पछिल्लाे समाचार


रौतहट १० साउन । चुरे संरक्षित क्षेत्रबाट उत्खनन गरेर चन्द्रपुरमा बिभिन्न स्थानमा राखिएको ढुंगा जफत गर्न स्थानियले माग गरेका छन ।
यश बिषयमा डिभिजन वन कार्यालय रौतहटले चासो नदिएको स्थानियको आरोप छ ।
चन्द्रपुर नगरपालिका वडा नं. ३ स्थित चाँदी नदि किनारमा रहेका सार्वजनिक जमिनमा संकलन गरि राखिएको ढुंगा जफत गर्न माग गर्दै आएका छन् ।
चन्द्रपुर नगर भित्रका विभिन्न सार्वजनिक स्थानमा ढुंगा संकलन गरि राखिएको पाईन्छ ।
अवैध रुपले संकलन गरेर राखेको ढुगा तत्काल जफत गर्न उनीहरुले डिभिजन वन कार्यालयसंग माग पनि गरेका छन् । चुरे क्षेत्रबाट दैनिक दर्जन ट्याक्टरमा ढुँगा चोरी निकासी हुँदा राष्ट्रपती चुरे संरक्षण कार्यक्रम प्रभाबित बनेको छ ।
चुरे क्षेत्रमा २०६७ साल देखि चुरे संरक्षण कार्यक्रम संचालनमा छ ।
धन्सार खोला देखी बागमती नदी सम्मको करीव ३० किलोमिटर चुरे संरक्षित क्षेत्र संरक्षण गर्न राज्यले बर्सेनि करोडौ खर्च गर्दै आएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु