Sunday, January 26, 2025

कबिता र आरुहीको हत्या गरेको आरोपमा श्रीमान, सासू,जेठानी पक्राउ

पछिल्लाे समाचार


रौतहट १३ साउन । मौलापुर नगरपालिका–४ पतौरामा आमाछोरीको हत्या गरेको आरोपमा तीन जनालाइ शुक्रबार जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको छ ।
हत्याको आरोपित एकजना अझै फरार रहेको प्रहरीले जनाएको छ ।
गएको असार १५ गते बिहान पतौराका २४ वर्षीया कविता देवी र उनकी २ वर्षीया छोरी आरुही कुमारी घरमै मृत अवस्थामा फेला परेको थिए ।
बालिका आरुहीको शव पंखामा झुन्डिएको अवस्थामा र कविताको शव घरको सिँढीमुनि शंकास्पद अवस्थामा फेला परेपछि प्रहरीले हत्या आंशकामा अनुसन्धान अघि बढाएको थियो ।
घटनापछि मृतक कविताका श्रीमान् धीरेन्द्र साह, सासु मैनादेवी साह र जेठानी निशा देवीलाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको थियो । ससुरा नागेन्द्र साह अहिले पनि फरार छन् ।
प्रहरीले चारैजना विरुद्ध कर्तव्य ज्यान मुद्दामा अनुसन्धान सकेर अदालतमा पेस गर्दा न्यायाधीश तेजबहादुर खड्काको एकल इजलासले पक्राउ परेकाहरु निर्दोष छन् भन्ने तत्काल आधार नदेखिएकाले पुर्पक्षका लागि कारागार चलानको आदेश भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
मृतक कविताका बुवा विजयशंकर साहले ज्वाइँ धिरेन्द्रलगायत ४ जनाले हत्या गरेको भन्दै उनीहरुविरुद्ध कर्तव्य ज्यानसम्बन्धी किटानी जाहेरी दिएका थिए । २०७७ मंसिरमा छोरीको विवाह गर्दा उनले ज्वाइँलाई दाइजोमा मोटरसाइकल दिएका थिए । विवाहमा मागे जति सामान दिए पनि दुई वर्षपछि छोरीमार्फत सुनको सिक्री, औठी र पलङ मागेको र नदिएपछि हत्या गरेको विजय शंकरको आरोप छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु