रौतहट १ साउन ।गरुडा नगरपालिका ४ गरुडामा ९० दिने सिलाई कटाई तालिम सम्पन्न भएको छ ।
सहभागीहरुलाइ नगर प्रमुख कन्थमणी जयसवालले प्रमाण-पत्र हस्तान्तरण गरेका छन ।
यस किसिमका तालिमले नगरपालिका भित्र रहेका सृजनशिल महिलाहरुलाई चुलोचौकोमा मात्र सिमित नराखी सिलाई कटाई जस्तै छोटो अबधीमै तालिम सिकी स्वरोजगार बन्न सक्ने र आत्मनिर्भर बनाउन सहयोग पुग्ने नगर प्रमुख जयसवालले बताएका छन।
महिलाहरुको विकास र उन्नतीका लागि घरायसी उद्यमशिलता तालिम र अन्य महिला केन्द्रित तालिममा नगरपालिकाले समन्वय गर्ने नगर प्रमुख जयसवालले बताएका छन ।