Friday, June 21, 2024

गांजा सहित दुइजना पक्राउ

पछिल्लाे समाचार


चन्द्रपुर २९ असार / प्रहरीले रौतहटको चन्द्रपुर नगरपालिका–१० चेतनगर बजारबाट लागूऔषधसहित दुई जना पक्राउ गरेको छ ।
प्रहरी चौकी चेतनगरबाट खटिएको टोलीले बिहीबार बिहान लागूऔषध गाँजासहित सर्लाही गडैता नगरपालिका–३ का किसन ठाकुर र रौतहटको बृन्दावन नगरपालिका–९ का हरिन्द्र साहलाई पक्राउ गरेको हो ।
१३ वटा प्लास्टिकको पोकामा लुकाएर लागूऔषध गाँजा बेच्दै गरेको अवस्थामा पक्राउ गरिएको इलाका प्रहरी चन्द्रनिगाहपुरका डिएसपी एकनारायण कोइरालाले जानकारी दिएका छन ।
’ सर्लाही घर भएका ठाकुर चेतनगर बजारमा कपाल काट्ने सैलुन खोलेर बसेका थिए ।
पक्राउ परेका दुवैलाई लागूऔषधसम्बन्धी मुद्दामा अदालतबाट म्याद थपेर थप अनुसन्धान थालेको चन्द्रपुरका डिएसपी कोइरालाले बताएका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु