Sunday, January 26, 2025

गौर कारागारका बन्दीहरुको आँखा परिक्षण

पछिल्लाे समाचार


रौतहट, १२ साउन । नेपाल नेत्र ज्योती संघ गौर आँखा अस्पतालको सहयोगमा गौर कारागारमा रहेका कैदीबन्दीहरुको निशुल्क आँखा परिक्षण गरिएको छ ।
गौर कारागारमा कैदी बन्दी जीवन विताइरहेका बन्दीहरुलाई शुक्रवार निशुल्क र आँखाको परिक्षण गरेर औषधी र चश्मा वितरण गरिएको हो ।
गौर आँखा अस्पताल पुरेनवाका मेडिकल अधिकृत प्रज्जवल बस्नेतको नेतृत्वको प्राविधिक टोलीले २ सय ३० कैदीबन्दीको साथै सुरक्षाकर्मीहरुलाई निशुल्क रुपमा आँखाको परिक्षण गरिएको आँखा अस्पताल पुरेनवाले जनाएको छ ।
९१ जनालाई चश्मा, १ सय ३० जनालाई औषधी र मोतिया बिन्दु भएका ९ जनालाई कारागारको समन्वयमा पछि लेन्स सहितको शल्यक्रिया गरिने आँखा अस्पतालका कर्मचारी सत्येन्द्र पाण्डेले जानकारी दिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु