रौतहट, १४ साउन । गौर घटनाका दोषीलाई कारबाहीको माग गर्दै शनिबार रौतहटको चन्द्रनिगाहपुरमा धर्ना दिइएको छ ।
त्यसबेला २८ जनाको ज्यान जाने गरी र एक सय भन्दाबढी घाइते भएको घटनाका दोषीमाथि हालसम्म कारबाही नभएकाे भन्दै दबाब दिने उद्देश्यले पूर्व–पश्चिम राजमार्गस्थित चन्द्रनिगाहपुरको मुख्य चोकमा रहेको पार्कमा मृतकका परिवारले अनिश्चितकालीन धर्ना दिएका हुन् ।
विसं २०६३ चैत ७ गते रौतहटको सदरमुकाम गौरस्थित राइस मिल चौरमा माओवादी र तत्कालीन फोरम (हाल जसपा)का बीचमा भएको झडपमा परी २७ जनाको घटनास्थलमै र एक जनाले उपचारका क्रममा ज्यान गुमाउनु परेको थियो ।
शनिबार चन्द्रनिगाहपुरमा धर्ना दिइएको र माग पूरा नभए १५ साउनदेखि अनिश्चितकालीन आमहड्ताल गरिने आम जनता पार्टीले जनाएको छ ।