रौतहट १४ साउन । नेकपा एमाले गौर नगर संयन्त्र तथा नगर कमिटीको बैठक सम्पन्न भएको छ ।
बैठकले नगर स्तरीय विभिन्न बिभाग तथा सचिवालय गठन गरेको छ।
संगठन बिभागको जिम्मेवारी रामबिनोद सिंह , स्कुल बिभागको जिम्मेवारी . मिथिलेश झा , प्रचार बिभागको जिम्मेवारी . महम्मद मुर्तुजा, आर्थिक बिभागको जिम्मेवारी .गोपाल राउत , प्रसासन तथा सामाजिक बिभागको जिम्मेवारी . सेराज अलि , स्थानीय बिभागको जिम्मेवारी . भुनेश्वर शाही र सचिवालय सदस्यमा भिखारी राउत , .बिरेन्द्र महतो, . ज्याउल हक . कैलाश यादव लाई जिम्मेवारी दिइएको छ ।
जिम्मेवारी पाउने सबै लाई नेकपा एमालेका केन्द्रीय सदस्य अजय गुप्ताले सफल कार्यकालको लागि सुभकामना तथा बधाई दिएका छन।
कार्यक्रममा नेकपा एमालेका विभिन्न तहका नेताहरुको उपस्थिती रहेको थियो ।