Monday, October 7, 2024

चन्द्रपुर वडा नं. ४ मा लम्पी स्किन विरुद्धको खोप निःशुल्क

पछिल्लाे समाचार

रौतहट ९ साउन ।पशुमा महामारीका रुपमा फैलिएको लम्पी स्किन रोग विरुद्ध चन्द्रपुर नगरपालिकाले खोप कार्यक्रम सञ्चालन गरेको छ ।
कृषि क्षेत्रमा आधारित यहाँका अधिंकाश किसान पशुपालनमा आत्मनिर्भर रहेकाले लम्पी स्किनबाट रोक्न नगरपालिकाले निशुल्क खोप तथा उपचार अभियान सुरु गरेको हो ।
चन्द्रपुर नगरपालिका वडा नं. ४ को कार्यालयको आयोजना तथा चन्द्रपुर नगरपालिका पशु सेवा शाखाको प्रविधिक सहयोगमा गाई भैसीमा देखापरेको लम्पी स्किन रोग बिरुद्धको निशुल्क खोप अभियान संचालन गरिएको छ ।
लम्पी स्किन रोगबाट पशुलाई बचाउनका लागि खोप अभिायन संञ्चालन गरेको वडा अध्यक्ष रवी राना मगरले बताए ।
पशु प्राविधिक टोलीले गोठगोठमै पुगेर रोगको जाँच, निःशुल्क खोप, निःशुल्क औषधि वितरण गरी किसानलाई लम्की स्किन रोगबारे जानकारी गराएको उनले बताए ।
नगरपालिकाका पशु शाखाका पशु चिकित्सक डा. सुलव चौधरी सहितको चार वटा टोली बनाएर खोप लगाईएको उनले जानकारी दिए ।
चन्द्रपुर नगरपालिकाले गाई, भैँसी र गोरुलाई लम्पी स्किन रोगको बिरुद्धमा खोप लगाउने अभियान नै संञ्चालन गरेको छ ।
चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफ्लेका अनुसार केहि वडामा खोप लगाई सकिएको छ भने बाँकी वडाले कार्यक्रम संञ्चालन गरिरहेको छ ।
पालिकाको १० वटै वडामा गाई, भैँसी र गोरुलाई लम्पी स्किनको खोप लगाईने उनले जानकारी दिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु