Tuesday, April 22, 2025

चोरीका घटना बढ्यो

पछिल्लाे समाचार


रौतहट २ साउन ।जिल्लाका केही गाउहरुमा चोरीका घटना बढेका छन ।
देवाही गोनाही नपा ६ कर्कचगाउँमा केही घरमा चोरी भएको छ ।
सोमबार राती तीन वटा घरमा चोरी भएको छ । दुइ घरमा सामान्य चोरी भएको छ भने सोही वडाका कर्कच टोलको एक घरमा लाखौको धनमाल चोरी भएको स्थानीयले बताएका छन ।
गत असार ३० गते पनि रौतहटमा एकै रात १० घरमा चोरी भएको थियो। नगरपालिकाको वडा नम्बर ७ मुडवलवामा चोरी भएको हो ।
प्रहरी का अनुसार स्थानीय पवन यादव, नन्दकिशोर यादव, सन्तोष यादव, रामगुलाम यादव, मुकेश प्रसाद यादव, रामनरेश यादव, रामनाथ यादव, रामपति यादव, लालबाबु यादव, र इजन राय यादवको घर फोरेर सामानहरु चोरी भएको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु